Techie IT
सोमबार, फागुन २४,२०७७

नेपालमा थप २७० जनामा कोरोना संक्रमण, दुई लाख ६९ हजार ४५० पुगे संक्रमित


काठमाडौँ ।

देशका विभिन्न प्रयोगशालाहरुमा आइतबार थप २७० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यी सहित हालसम्म कोरोनाबाट संक्रमण हुने संक्रमितको संख्या दुई लाख ६९ हजार ४५० पुगेको छ।

पछिल्लो २४ घण्टामा ४०३ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६४ हजार १३७ पुगेको छ । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या २ हजार १ पुगेको छ ।हाल देशभर ३ हजार ३ सय १२ सक्रिय संक्रमित रहेका छन्।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्