Techie IT
शुक्रबार, माघ २,२०७७

नेपालमा थप ४४५ जनामा कोरोना संक्रमण, २ लाख ६६ हजार १ सय ४३ पुगे संक्रमित


काठमाडौँ ।

देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा बुधबार थप ४४५ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यी सहित हालसम्म कोरोनाबाट संक्रमण हुने संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ सय १४ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १ हजार ९ सय ३७ पुगेको छ । गत २४ घन्टामा ४ हजार १ सय ५४ पीसीआर परीक्षण भएको छ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्