Techie IT
शुक्रबार, माघ २,२०७७

सरकारले ग-यो कोरोना खोप किन्न आर्थिक सहयोगको आव्हान


काठमाडौं ।

सरकारले कोरोना खोप किन्नको लागि आर्थिक अभाव रहेको भन्दै सार्वजनिक रुपमा सहयोगको आव्हान गरेको छ ।बुधबारको गोर्खापत्र दैनिकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशीत गरेर आर्थिक सहयोगको आव्हान गरेको हो ।

सूचनामा कोरोना खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरूलाई निस्शुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक परेकोले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्थालगायतलाई खातामा रकम जम्मा गरी योगदान गर्न नेपाल सरकार हार्दिक आह्वान गर्दछ,’ सूचनामा भनिएको छ।

पैसा कोष तथा लेखा नियन्त्रकको कार्यालय त्रिपुरेश्वरको नाममा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १७००१००१०२०६०००० मा पैसा जम्मा गर्न सकिने मन्त्रालयको भनाइ छ।यस अघि बसेको मन्त्रिपरिषदको बैठकले चाँडो भन्दा चाँडो जनतामा कोरोना खोप उपलब्ध गराउन पहलको शुरुवात गर्ने निर्णय गरेको थियो ।

No description available.

 


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्