Techie IT
१२ मंसीर २०७८, आईतबार

पछिल्लो २४ घण्टामा ५ हजार ३ सय पीसीआर परीक्षण गर्दा ४३० जनामा कोरोना पुष्टि


काठमाडौँ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना पुष्टि भएको छ। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ। हाल देशभर ४ हजार ४ सय ८ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ५ हजार ३ सय पीसीआर परीक्षण भएको छ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्