Techie IT
१९ मंसीर २०७८, आईतबार

नेपालमा थप ४४८ जनामा कोरोना संक्रमण, २ लाख ६५ हजार २ सय ६८ पुगे संक्रमित


काठमाडौँ ।

देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा सोमबार थप २५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यी सहित हालसम्म कोरोनाबाट संक्रमण हुने संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ।

पछिल्लो २४ घण्टामा ५ सय २७ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १ हजार ९ सय २७ पुगेको छ । गत २४ घन्टामा ३ हजार ३ सय ९ पीसीआर परीक्षण भएको छ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्