Techie IT
शनिबार, माघ ३,२०७७

कोरोना खोप आपूर्ति गर्न सरकारले बनायो समिति

के साँच्चै सरकारले चाँडै कोरोना खोप ल्याउँछ त ?


काठमाडौै ।

कार्तिक २४ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले सरकारले कोरोना खोप समयमै उपलब्ध गराउनका लागि छलफल चलाएको छ । कोरोना खोपको सहज आपूर्ति गर्न सचिवस्तरको समिति गठन पनि गरेको छ।

अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव रहेको तीन सदस्यीय समिति गठन भएको जानकारी मन्त्रालयस्रोतले दिएको छ।यो समितिले कोरोनाविरूद्ध खोपबारे अध्ययन गरी नेपाल ल्याउने प्रक्रियाबारे पनि तयारी गर्ने जानकारी स्रोतले दियो।

कोरोनाको भरपर्दो र विश्वासिलो खोप चाँडो कहाँ बन्छ र त्यसलाई नेपाल छिटो छरितो कसरी ल्याउने भनेर प्रकृया मिलाउने जिम्मासमेत सरकारले यो समितिलाई दिएको छलफलमा सहभागी एक मन्त्रीले सुलसुले खवरलाई जानकारी दिए ।

यस्तै खोप समयमै ल्याउन स्रोतसाधनको व्यवस्थापन गर्ने जिम्मा अर्थ मन्त्रालयले लिने भएको जानकारी दिनुका साथै मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको चैतसम्मको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको पनि मन्त्रालयस्रोतले जानकारी दिएको छ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्