Techie IT
आईतबार, माघ ११,२०७७

अबदेखि सबै सरकारी अस्पतालले कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने

सर्बोच्चको फैसला कार्यन्वयन गर्न सरकार बाध्य


काठमाडौं ।

कोरोना परिक्षण र उपचार ब्यक्ति आफ्नै खर्चमा गर्नु पर्ने सरकारी निर्णयलाई सच्याउदै अबदेखि सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णयलाई सच्याउदै सरकारले यो निर्णया गरेको मन्त्रालयस्रोतले जनाएको छ।

अबदेखि सबै सरकारी प्रयोगशालामा कोरोनाको निःशुल्क परीक्षण र सरकारी अस्पतालमा निःशुल्क उपचार हुने पनि मन्त्रालयले जानकारी दिउको छ ।केही समय अघि सरकारले केही निश्चित बर्गवाहेकका ब्यक्तिले कोरोना परिक्षण र उपचार विरामी आफ्नै खर्चमा गर्नु पर्ने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णयकाविरुद्धमा सर्बोच्च अदालतमा परको रिटको फैसला गर्दै सरकारले महामारीको समयमा सबै जनताको कोरोना परिइाण र उपचार निशुल्क गराउन सरकारलाई आिदेशदिएपछि बाध्य भएर सरकारले कोरोना परिक्षण र उपचार निशुल्क गर्ने निर्णय गरेको हो । साथै फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय सच्याउन बाध्य भएको हो । ।

मन्त्रिमण्डलको बैठकले सरकारी अस्पतालका बारेमा यो निर्णय गरे पनि निजी अस्पतालका बारे भने केही निर्णय सार्बजनिक गरेको छैन ।सोमबार बसेको मन्त्रीमण्डलको बैठकले कोरोनाको भ्याक्सिन बन्नासाथ नेपालमा ल्याउने पहल गर्न अर्थ, परराष्ट र स्वास्थ्य सचिव रहेको कमिटी समेत बनाउने निर्णय गरेको पनि मन्त्रालयले जनाएको छ ।

देशमा आइपरेको महामारीमा पनि जनताहरुलाई आफ्नो स्वास्थ्य परिक्षण र उपचार आफै गर भन्दा जनमानसमा नकारात्मक प्रभाव परेको देखेर र अदालती प्रकृयाले पनि सरकारलाई बाध्य बनाएकोले पनि यो निर्णय सरकार पुगेको छ । ढिलै भए पनि सरकारको यो निर्णय स्वागतयोग्य रहेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्