Techie IT
२ जेठ २०७८, आईतबार

नेपालमा थप २ हजार ५७१ जनामा कोरोना संक्रमण, कूल १ लाख ९७ हजार २४ पुगे संक्रमित


काठमाडौं ।

देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा आाइतबार थप २ हजार ५७१ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यी सहित हालसम्म कोरोनाबाट संक्रमण हुने संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ७९८ जना कोरोनाबाट निको भएका छन्। यी सहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ ।

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा १४२८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ११३६, ललितपुरका २०१ र भक्तपुरका ९१ जना छन् ।

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ११ सय २६ पुगेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्