Techie IT
शनिबार, मंसीर १३,२०७७

नेपालमा थप १९५४ जनामा कोरोना संक्रमण, १ लाख ६२ हजार ३ सय ५४ पुगे संक्रमित


काठमाडौं ।

देशका विभिन्न प्रयोगशालाहरुमा बुधवार ८ हजार २ सय ४८ जनामा गरिएको परीक्षणमा १ हजार ९ सय ५४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

नयाँ संक्रमितमध्ये ८४३ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ६९६ जना, ललितपुरका ११८ र भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो ।

यी सहित हालसम्म कोरोनाबाट संक्रमण हुने संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ। यस्तै गरेर संक्रमितहरुमध्ये ८८७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८१ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्