Techie IT
१४ मंसीर २०७९, बुधबार

डेङ्गु रोगको कारण ६ जनाको मृत्यु


चितवन । डेङ्गु रोगको सङ्क्रमणका कारण जिल्लामा उपचारका लागि आएका ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

हालसम्म १० हजार नौ सय ७४ जनाको परीक्षण गरिएकामा दुई हजार नौ सय ४९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको कार्यालयका सूचना अधिकारी राम केसीले बताएका छन् । सङ्क्रमितमध्ये २० हजार ५० जना चितवनका र अन्य बाँकी बाहिरी जिल्लाका रहेका छन् । ठेगाना खुलेका ६ सय आठजना र ठेगाना नखुलेका दुई सय ९१ जना रहेको कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी डेङ्गु रोगको सङ्क्रमण भरतपुर महानगरपालिकामा देखिएको छ । कार्यालयका अनुसार जिल्लामा भेटिएका सङ्क्रमितमध्ये एक हजार एक सय ३६ पुरुष र नौ सय १४ जना महिलामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्