Techie IT
बुधबार, कात्तिक १२,२०७७

भारतले ग-यो नेपाली सेनालाई २ करोड ८० लाखको भेन्टिलेटर सहयोग


काठमाडौं,साउन २५

भारतीय राजदुत विनय मोहन क्वात्राले भारत सरकारको तर्फबाट नेपाली सेनालाई २ करोड असी लाख भरतीय रुपैंयाँ पर्ने १० थान भेन्टिलेटर सहयोग हस्तान्तरण गरेका छन् ।
आज जंगी अड्डामा आयोजित एक विशेस कार्यक्रमका बीच राजदुत क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई उक्त भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

कोभिड-१९ महामारी रोकथाम,प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारद्वारा जारी कोभिड-१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७ को सफल कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले मित्रराष्ट्र भारतद्धारा नेपाली सेनालाई २ करोड ८० लाख भारतीय रुपैयाँ वराबरको उक्त भेन्टिलेटरहरु उपलब्ध गराएको नेपाली सेनाको जन सम्पर्क तथा सुचना निर्देशनालय जङ्गी अड्डाले जानकारी दिएको छ ।
साथै प्रधानसेनापति थापाले मित्रराष्ट्र भारतको सहयोग प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरेको पनि निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्