Techie IT
मंगलबार, मंसीर १६,२०७७

पिसिआर शुल्क घटाउन निजी प्रयोगशालालाई सरकारको २४ घण्टे चेतावनी

शुल्क घटाएर नलिए स्विकृतिसमेत खारेज हुने


काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ वटा निजी स्वास्थ्य ल्यावलाई पीसीआर टेष्टको शुल्क समायोजन गर्न २४ घण्टे चेतावनी दिएको छ ।

यदी सरकारले तोकेको शूल्कमा पिसिआर परिक्षण नगरेमा सरकारले पीसीआर परिक्षणका  लागि दिएको स्वीकृति खारेज गर्नुका साथै अन्य कारवाही पनि अगाडी बढाउने निर्णय गरेको जनाएको छ ।

तर स्टार अस्पताल, हृयाम्स अस्पताल, बी एण्ड बी अस्पताल, मेडिसिटी अस्पताल, डिकोड जिनोमिक्स एण्ड रिसर्ज सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड डायगनोस्टिकले संयुक्त रुपमा सरकारको निर्देशनर्ला वेवास्ता गर्दै आफूखुशी ३८९९ रुपैयाँ शूल्क तोकेका छन् ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले बढी शुल्क दिने ल्याबहरुलाई सचेत गराउन र २४ घण्टाभित्र शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।

सरकारले भदौ २८ बाट आरटी(पीसीआर टेष्टको शूल्क २ हजार रुपैयाँ तोकेको छ ।
सरकारले २ हजारमा पिसिआर परिक्षण गर्ने निर्देशन दिए पनि निजी स्वास्थ्य प्रयोगशालाले त्यसको उल्लङ्घन गर्दै विभिन्न शिर्षक बनाएर ७५ सय सम्म लिएको जनगुनासो सरकारले सुने पछि सरकारले निजी प्रयोगशालालाई यो अल्टिमेटम दिन बाध्य भएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्