कोरोना कहर र दशैंको मुखमा नर्भिकका कर्मचारीको रुवाबासी

काठमाडौं ।
कोरोना महामारीले सताएको र दशैं तिहार चाडवाड नजिक आइरहेको बेलामा नर्भिक अस्पतालका कर्मचारीमा भने जागिर खोसिएर रुवाबासी मच्चिएको छ ।
काठमाडौंको थापाथलीमा रहेको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत तल्लोतहका स्वास्थ्य श्रमिक कर्मचारीलाई अस्पताल व्यवस्थापनले जबरजस्ती जागिरबाट निकालेको पाइएको हो ।
नर्भिक अस्पताल स्थापनाकालदेखि नै सक्रिय रुपमा कार्यरत करिब ४ दर्जनभन्दा बढी कर्मचारीलाई अस्पताल व्यवस्थापनले निकालेको जानकारी आएको छ ।
अस्पतालका सेक्युरिटी गार्ड, कर्मचारी र सरसफाईमा कार्यरत कर्मचारीलाई जबरजस्ती निकालेको पीडित मजदुरले बताएका छन् ।अस्पताल प्रशासनले बिनाकारण श्रमिकहरुलाई निश्कासन पत्रमा हस्ताक्षर गराएर निश्कासन गर्ने गरेको पाइएको छ ।
कति पिडित कर्मचारीले गहभरि आसुँ लिएर कोरोना महमारीको यो अवस्थामा अरु ठाउँ जागीर पनि कतै पाइदैन , दशैं तिहारको मुखमा अस्पतालले जागीरबाट निकालेकोप्रति दुखित हुँदै अब जहान, बच्चा कसरी पाल्ने भन्ने चिन्ताले सताएको भन्ने दुखेसो पोखे ।
पीडित कर्मचारीहरुले आफूहरुलाई जबरजस्ती व्यवस्थापनले निकालेको भन्दै युनियनमा समेत उजुरी गरेको भएपनि यनियनले पनि आफूहरुका कुरा नसुनेको बताए ।
विभिन्न ठाउँमा गुहार्दा पनि अहिलेसम्म न्याय नपाएको गुनासो पिडित कर्मचारीको रहेको छ पिडित कर्मचारीलाई एक एक वर्षको करारमा राखिएको भए पनि अहिले आएर हाउनीहरुलाई अस्पताल प्रशासनले निकालेको भन्ने कुनै प्रमाणित कागजात पनि दिएको छैन ।’
आफू व्यावशायिक घराना चौधरी ग्रुपको सदस्यको रुपमा रहेको तथा काव्य क्षेत्रमा अगाडी बढेका
बसन्त कुमार चौधरीको स्वामित्व रहेको यो अस्पतालले कर्मचारीप्रति प्रति गरेको यो व्यावहार पक्कै पनि राम्रो मानिदैन ।
स्वाथ्य उपचारमा आउने विरामीबाट १४ दिन आइसोलेशनमा बस्दा डेढ लाख हाराहारी असुल्ने नर्भिक अस्पतालले कर्मचारीमाथि भने चरम शोषण गरेको छ ।
आफूलाई महान कवि र विश्व काव्य यात्रीको रुपमा चिनाउन रुचाउने चौधरीकै अस्पतालमा तल्लो तहका कर्मचारीहरुको रुवाइमा मुस्कान कहिले छाउने हो ? त्यसको उत्तर अस्पताल प्रशासनले दिने होकी ?
क्याटेगोरी : स्वास्थ्य/शिक्षा
तपाईको कमेन्ट लेख्नुहोस्