स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा क-कस्को आवेदन ?

काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि विभिन्न व्यक्तिहरुको आवेदन परेको छ ।
मन्त्रालयले नाम सिफारिस गर्न सर्च कमिटी गठन गरेको थियो। उक्त किमटीको निर्णय अनुसार निर्देशकका लागि दरखास्त हाल्न भदौ २७ गते १५ दिनको समय दिएर सार्वजनिक सूचना जारी गरिएको थियो।
जसमा बोर्डको कार्यकारी निर्देशकका लागि ८ जना उम्मेदवारले आवेदन दिएका छन्। बोर्डमा खुला प्रतिस्पर्धाबाट निर्देशक छान्ने व्यवस्था छ।
बोर्डको कार्यकारी निर्देशकका लागि इच्छुकले आवेदन दिने अवधी असोज ११ गते आइतबार ५ बजेसम्म तोकिएको थियो। उक्त अवधिमा ८ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ। बोर्डको कार्यकारी निर्देशकको लागि परेका निम्न आवेदकहरुको नाम रहेको छ –
-डा. कृष्णप्रसाद अधिकारी
-प्रा. गुञ्जबहादुर जिसी
-डा. पुष्पमणि खराल
-शुकल्याण पराजुली
-प्रकाशराज पन्त
-दामोदर बसौला।
-सुदर्शन पौडेल
-चुडामणि भण्डारी
क्याटेगोरी : स्वास्थ्य/शिक्षा
तपाईको कमेन्ट लेख्नुहोस्