स्कूल ड्रेस लगाएर अनलाइन कक्षामा बस्न निजी स्कूलको दबाव

काठमाडौं ।
निजी स्कूलहरुले आफ्नो स्कूलमा पढ्ने विद्यार्थीहरुलाई स्कूलड्रेस लगाएर मात्र अनलाइन कक्षामा बस्न दबाव दिन थालेका छन् ।
कोरोनाका कारणले गर्दा विद्यार्थीहरुलाई स्कूल जाने वातावरण नभएको अवस्थामा निजी स्कूलको यो दबावले जसोतसो अनलाइन कक्षामा बस्न थालेका विद्यार्थीका अभिभावक अहिले चिन्तामा पर्न थालेका छन् ।
कोरोना महामारीले सताएको वर्तमान अवस्थामा जसरी हुन्छ अभिभावकलाइृ पैसाको जालमा फसाउने अभिप्रायले शिक्षा क्षेत्रकोसमेत बदनाम हुन जाने निश्चित छ ।
स्कूलमा जाने अवस्था नरहेको अवस्थामा सम्बन्धित स्कूलकै ड्रेस लाएर, जुत्ता,मोजा लाएर ,टाइ लाएर अनलाइन कक्षामा उठेर राष्ट्रिय गान गाउनुपर्छ भन्ने जस्ता उडन्ते दबाव भनेको निजी स्कूलहरु एउटा अप्रत्यक्षरुपमा कापि,कलम,किताब,सर्ट,पाइन्ट,बेल्ट,टाइ,बेच्ने थलो हो भनेर पनि भन्न सकिने निजी स्कूलबाट पिडित अभिभावकहरुको धारणा रहेको छ ।
स्कूलले पढाउने शिक्षकहरुलाई तलब नदिने,कम दिने, तीन तीन महिनामा तलब नदिइ शिक्षक निकाल्ने र विद्यार्थीहरुसँग भने वर्षभरिको शुल्क तिर्न उर्दी लाउनुले पनि उनीहरुप्रतिको ब्यावहार ऐना जस्तै छर्लङ्ग देखिएको छ भन्दै अभिभावकहरुले अनलाइन कक्षाका नाममा अरु बेला स्कूलमा तिर्ने शुल्क पनि तिर्न नसकिने एउटा निजी स्कूलका अभिभावकले आफ्नो गुनासो पोखे ।
कति स्कूलले शैक्षिकसत्र भरिको शुल्क पहिल्यै वुझाएर अनलाइन कक्षामा बस्न भनेको गनासो रहेको छ भने कतिका स्कूलमा आएर शैषिक सामग्री, ड्रेस लगायत लिएर शुरु गर्न भनेको गुनासो पनि अभिभावक गर्न थालेका छन् ।यस्तो अवस्थामा शिक्षा मन्त्रालय के हेरेर बसिरहेको छ ? यस समस्याको समाधान सरकारले छिटो भन्दा छिटो गर्नु पर्नेहुन्छ ।
साँच्चै शिक्षा सामाजिक सेवाका लागि गरिएकै हो भने निजी स्कूलमा ब्यापार गर्ने परिपाटीको अन्त्य हुनुपर्छ र यो आपतकालिन अवस्थामा शिक्षक,विद्यार्थी ,अभिभावक मिलेर आपसी समस्याको समाधान गर्दै जानु उत्तम उपाय हो ।
क्याटेगोरी : स्वास्थ्य/शिक्षा
तपाईको कमेन्ट लेख्नुहोस्