Techie IT
९ असार २०७८, बुधबार

शैक्षिक पठनपाठन सूचारु गर्न विधार्थी संगठनको माग


काठमाडौं ।

स्वास्थ्य सर्तकता अपनाएर विद्यालय र क्याम्पसको पठनपाठन सूचारु गर्न विभिन्न विधार्थी संगठनहरुले माग गरेका छन् । कपिलवस्तु जिल्लाका विधाथी संगठनहरुले असोज ४ गते सदरमुकाम तौलिहवामा एक संयुक्त वैठक बसी उक्त माग गरेका हुन् ।

अखिल क्रान्तिकारीको आयोजनामा भएको उक्त संयुक्त भेलामा कोरोना महामारीको भयावय तत्काल अन्त्य हुने संकेत नदेखिएको अवस्थामा विद्यालयहरुले संचालन गरेको अनलाइन कक्षा प्रभावकारी हुन नसकेको र  शैक्षिक-सत्र खेर जान लागेको भन्दै विधार्थी संगठनहरुले स्वस्थ्य सर्तकतालाई ख्याल गरेर विद्यालय ,क्याम्पसको पढाइ सूचारु गर्न माग गरेका हुन् ।

जिल्लामा कृयाशील विधाथीसंगठनहरुको उक्त संयुक्त भेलाले रोकिएको कक्षा १२ को परिक्षा संचालन, कोरोनाका कारण मारमा परेका विपन्न वर्गका गरिव मजदरलाई राहत दिन,निजी विधालयमा कार्यरत शिक्षक,कर्मचारीको तलव दिलाउन, अनलाइन कक्षा संचालनका नाममा निजी स्कूलहरुले विधार्थी,अभिभावकबाट शुल्क नउठाउन, अंग्रेजी माध्यमका नाममा सामुदायिक विद्यालयलाई चर्को शुल्क नलिनको लागि पनि प्रेस वक्तवयमार्फ माग गरेको छ ।

यस्तै गरेर कोरोना नियन्त्रण कार्यक्रमका सिलसिलामा औषधी खरिद,क्वारेन्टिाइन व्यावस्थापन लगायत अन्य कार्यत्रलममा भएका भ्रष्टाचारका विषयमा छानविन गरी दोषीमाथि कडा भन्दा कडा कारवाही गर्न पनि संयुक्त प्रेस वत्तव्यमार्फत अनुरोध गरिएको छ । भेलामा अनेरास्ववियु, ने.वि. संघ, अखिल क्रान्तिकारी,समाजवादी विधार्थी संघ,अखिल छैठौंको सहभागिता रहेको थियो ।

No description available.


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्