Techie IT
३० जेठ २०७८, आईतबार

कोरोना परीक्षणमा क्षमता प्रयोग नहुँदा प्रत्येक दिन २४ सय दरले संक्रमित लुक्दै लुकाइँदै

प्रधानमन्त्रीले भनेको भन्दा आधा क्षमता पनि मन्त्रालयले प्रयोग गरेन


काठमाडौं ।

संविधान दिवस, असोज ३ का अवसरमा प्रधानमन्त्रीले देशको कोरोना परीक्षणको विवरण यसरी वताए – हाल देशभित्र सरकारी ३३ र निजी १४ गरी ४७ आरटी–पिसिआरपरीक्षण प्रयोगशालाहरु सञ्चालनमा छन । परीक्षणको दैनिक क्षमता २३ हजार ५०० भन्दा माथि छ ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा देशभर ११ हजार चार सय ५८ नमुना परीक्षण गर्दा दुई हजार २० जनामा कोरोना संक्रमण भएको छ । यो (यसदिन २ असोज)सम्मकै दैनिक सर्वाधिक संक्रमण हो । यो सँग कोरोना संक्रमितको संख्या ६१ हजार पाँच सय ९३ पुगेको छ ।

माथिको यो विवरणले नै भन्छ प्रधानमन्त्रीको सम्वोधन बाटै जानकारी गराइएको परीक्षणको दैनिक क्षमता २३ हजार ५०० भन्दा माथि रहेको अवस्थामा यता वास्तविक परीक्षणभने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पनि पछिल्लो २४ घन्टामा देशभर ११ हजार चार सय ५८ नमुना मा मात्रै परीक्षण भयो जसको परिणाम २ हजारभन्दा बढी आयो ।

यो भनेको आफनो क्षमता भन्दा १२ हजार १०० कम हो । यसको अर्थ हो संसारले कोरोना रोकथामको सबै भन्दा प्रमुख माध्यम मानेको यसको परीक्षणमा नेपाल भने आफनो क्षमताको आधा पनि प्रयोगमा ल्याउन चाहेको छै्रन ।

त्यसो भए प्रधानमन्त्रीले देखाएको उपलव्धीको अर्थपनि के रहला भन्ने प्रश्न उठछ नै । प्रधानमन्त्रीले आफनो सम्वोधनमा कोरोनाको रोकथामका लागि गरिएको ठूलो प्रगति भनी सैनिक मञ्चबाट जे जस्तो सुनाइरहेका थिए त्यसको अघिल्लो दिनको मन्त्रालयबाट नै दिइएको विवरण भनी अखवारहरुमा कोरोनाको विरण यसरी आयो–
कोरोना भाइरस संक्रमणको दर तीव्र रूपमा बढिरहेका वेला सरकारले परीक्षण भने घटाएको छ ।

शुक्रबार (२ असौज) अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित पुष्टि भए । तर, सरकारले स्वाब संकलनमा कडाइ गरेसँगै देशभर परीक्षण घटेको प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीले बताएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा देशभर ११ हजार चार सय ५८ नमुना परीक्षण गर्दा दुई हजार २० जनामा कोरोना संक्रमण भएको छ । यो आज सम्मकै दैनिक सर्वाधिक संक्रमण हो । यो सँग कोरोना संक्रमितको संख्या ६१ हजार पाँच सय ९३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांङ्कअनुसार निषेधाज्ञाको समयमा सबैभन्दा बढी १३ हजार चार सयसम्म दैनिक परीक्षण गरेको थियो । तर, निषेधाज्ञा खुकुलो पार्दैै लैजाँदा परीक्षण पनि कम हुँदै गएको छ ।प्रवक्ताले दुई दिनअघि लक्षण नभएकाहरूको परीक्षण नगर्ने निर्णय भएको सार्वजनिक गरेका थिए । त्यस्तै, मन्त्रालयले अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीको पनि कोरोना जाँच नगर्ने निर्णय गरेको छ ।

त्यस्तै, सरकारले मृत्युपछि कोरोना जाँच नगर्ने निर्णय गरेको छ । स्रोतका अनुसार निर्णय कार्यान्वयन गर्न मन्त्रालयले सीधै अस्पतालहरूमा मात्रै परिपत्र गरेको छ । जसले गर्दा स्वाबको नमुना परीक्षण दैनिक घट्दै गएको छ । मन्त्रालयका अनुसार शुक्रबार थप सातजनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेहरूमा मोरङ र काठमाडौंका दुई–दुई, भक्तपुर, ललितपुर र नवलपरासीका एक–एकजना रहेका छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय ९० पुगेको छ ।

त्यस्तै, कोरोना संक्रमितमध्ये ४३ हजार आठ सय २० जना निको भएका छ । अहिले सक्रिय संक्रमित १७ हजार तीन सय ८३ छन । उनीहरूमध्ये आठ हजार ८८ जना घरमै र नौ हजार दुई सय ९५ जना संस्थागत आइसोलेसनमा बसेका छन् । शुक्रबार गम्भीर लक्षण भएका बिरामीमध्ये एक सय ७३ जना आइसियू र ३६ जना भेन्टिलेटरमा छन ।

प्रत्येक दिन परीक्षणमा १२ हजार क्षमता खेर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पनि पछिल्लो २४ घन्टामा देशभर ११ हजार चार सय ५८ नमुना मात्रै परीक्षण भैरहेको छ । यसले बुझाउँछ प्रत्येक दिन १२ हजारको परीक्षण क्षमता खेर गैरहेको छ ।

यसलाई अर्को अर्थबाट हेरिँदा प्रत्येक दिन २४ सय संक्रमितलाई सरकारले नै लुकाउँदै आइरहेको छ । सरकारी हिसावले नै देखाउछ पछिल्लो समय परीक्षण भएको प्रति हजारमा कमबेसी सरदर २ सय मा संक्रमित प्रकट हुने दर कायम छ । २४ घन्टामा देशभर ११ हजार चार सय ५८ नमुना परीक्षण गर्दा दुई हजार २० जनामा संक्रमण भएको देखिएको हिसावले वताउने कुरा यही हो ।

त्यसो अरुकुराको पनि त क्षमता प्रयोग भएको छैन भन्ने बुझनु पर्ने हुन्छ । प्रधानमन्त्रीले नै भने अनुसार अरु क्षमता कति छ त ? सम्वोधनको त्यो अंश –
हाल देशभित्र सरकारी ३३ र निजी १४ गरी ४७ आरटी–पिसिआरपरीक्षण प्रयोगशालाहरु सञ्चालनमा छन् । परीक्षणको दैनिक क्षमता २३ हजार ५०० भन्दा माथि छ ।

शुरुको समयमा प्रतिपरीक्षण लागत रु ८ हजार ५ सय थियो । हाल निजी र सरकारी दुबै प्रकृतिका प्रयोगशालाहरुमा २ हजार रुपैंयामा परीक्षण हुन थालेको छ । सिङ्गो जनसंख्याको कम्तिमा २ प्रतिशतमा पिसिआर परीक्षण गर्ने हाम्रो अनुमानित प्रतिबद्धता पूरा भएको छ र त्यो अहिले कम हुने देखिएको छ । प्रतिदशलाखमा पिसिआर परीक्षण ३० हजार नाघेको छ ।

पहिले आइसियू बेड क्षमता १ हजार ५५१ थियो, अहिले २ हजार ६०० र्पुयाइएको छ ।पहिले भेन्टिलेटर संख्या ७७० थियो, अहिले ९०० पु¥याइएको छ ।पहिले जिल्ला अस्पताल रहेका स्थानीय तहमा मात्रै अस्पताल सेवा उपलब्ध थिए, अहिले बाँकी ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल निर्माणको व्यवस्था गरिएको छ । प्रदेश सरकार र अस्पतालहरुलाई आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री, मानवीय तथा वित्तीय स्रोतको व्यवस्था गरिएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत १०० जना पोष्ट ग्रेजुयट चिकित्सक परिचालन गर्ने तयारी पूरा भएको छ । २५ हब अस्पताल र २० शिक्षण अस्पतालहरुमा विशेषज्ञ चिकित्सकको नेतृत्वमा तुरुन्तै परिचालन गर्न सकिने टीमहरु तयारी अवस्थामा राखिएको छ ।

बहुसंख्यक नेपालीहरुलाई कोभिड–१९का लक्षण तथा हात धुने, भिडभाडबाट टाढा रहने, मास्क प्रयोग गर्नेजस्ता रोकथामका उपायहरुबारे जानकारी छ । मोवाइल रिङ्ग टोन, टोल फ्री हटलाइन फोन, वेवपोर्टल, रेडियो, टिभी, सामाजिक सञ्जाल तथा पत्रपत्रिकाका अतिरिक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक ब्रिफिङबाट स्वास्थ्य जनचेतना तथा जोखिम बारेको सूचनाप्रवाह गरिएको छ ।

केस व्यवस्थापनका लागि आवश्यक पिपिई सहितका सामग्रीहरु उपलब्ध छन । मास्क, सेनिटाइजर लगायत आधारभूत स्वास्थ्य उपकरणको उपलब्धता छ ।
पहिले परम्परागत औषधि आदिका बारेमा दूविधा थियो, अहिले हाम्रा जडिबुटी र परम्परागत वस्तुहरुको प्रयोगबाट आफू निको भएको भनेर कतिपय संक्रमितहरुका अनुभव पनि सुन्न थालिएको छ ।

प्रधानमन्त्रीका यी भनाइ भाषणमा मात्रै हुन कि प्रयोगमा पनि आइरहेका छन भन्ने प्रकट हुने क्रममा छन । परीक्षणको क्ष्मता जसर भन्नका लागिमात्र भनिएजस्तो अरु पनि त्यस्तै भएका रहेछन भने स्थिति डरलाग्दो देखिन्छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्