Techie IT
१० असार २०७८, बिहीबार

सेयर बजार परिसुचक तीन अंकले उकालो लाग्यो

एक सय ९० कम्पनीहरुको तीन अर्ब २१ करोडको सेयर किनबेच


काठमाडौ। 
सेयर बजार परिसुचक उकालो लागेको छ । आज सोमबार बजार परिसुचक तीन दसमलव २६ अंकले उकालो लागेर १५ सय ४० दसमलव ५१ अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव २८ अंकले उकालो लागेर तीन सय छ दसमलव २४ अंकमा चढेको छ ।

आज एक सय ९० कम्पनीहरुको कारोवार भएकाछन । जसअनुसार ४५ हजार चार सय ५३ वटा कारोवारमा ८८ लाख ३४ हजार दुई सय १५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम तीन अर्ब २१ करोड चार लाख ७९ हजार एक सय ३२ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । जसअनुुसार सात वटा समुहको ओरालो लागेकाछन भने पाँच वटा समुहको सुचक उकालो लागेकाछन ।

ति मध्ये बाँणिज्य बैंक, बिकास बैक, फाईनान्स सहितका पाँच वटा समुहको सुचक बढेकाछन भने जीवन बीमा, निर्जिवन बीमा समितका सात वटा समुहको सुचक ओरालो लागेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्