Techie IT
५ असार २०७८, शनिबार

नेव्सेको व्यवस्थापन प्रणालीमा समस्या दोहोरियो

निर्धारित समय भन्दा तीन ढिला बजार खुल्दा पनि तीन अर्ब ३८ करोडको कारोवार


काठमाडौ,  २८भदौ। 
साताको पहिलो कारोवार दिन आईतबार पनि नेप्सेको व्यवस्थापन प्रणालीमा समस्या आएको छ । सो कारण आज पनि नेप्से निर्धारित समय भन्दा झण्डै तीन घण्टा अर्थात २ः१५ बजे खुुलेर साँझ ५ः१५ बजे बन्द भएको छ । तर यति हुुंदा पनि यसदिन बजार परिसुचक एवं कारोवार रकम दुुबैले छलाङ मारेको छ ।

आज बजार परिसुचक १६ दसमलव ५६ अंकले उकालो लागेर १५ सय ३७ दसमलव २५ अंकमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव ५९ अंकले उकालो लागेर तीन सय तीन दसमलव ९७ अंकमा चढेको छ । आज कुल एक सय ९१ कम्पनीहरुको कारोवार भएकाछन ।

जसअनुुसार ३९ हजार आठ सय १४ वटा कारोवारमा ७२ लाख पाँच हजार छ सय ४३ कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम तीन अर्ब ३८ करोड ६८ लाख ५९ हजार नौ सय ७२ रुपैयाँ पुगेको छ ।

आज नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा १२ वटा समुहको कारोवार भएकाछन । जसमध्ये टे«डिङ, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक ओरालो लागेकाछन भने बाँणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा सहितका नौ वटा समुहको सुचक भने बढेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्