Techie IT
१२ माघ २०७८, बुधबार

नेपाल इन्भेष्टमेन्ट बैंकको ३५औँ वार्षिक साधारणसभा


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)को ३५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अनुसार शुुक्रबार केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारणसभा भर्चुअलरूपमा सम्पन्न गर्ने निर्णय गरिएको बैंकले जानकारी दिएको छ । सभामा गत आर्थिक वर्षमा बैंकका प्रमुख उपलब्धिहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको थियो । साधारणसभाको अध्यक्षता गरेका बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले सञ्चालक समितिको बैठकले १६ प्रतिशत कुल लाभांश वितरण गरिने जानकारी दिए । जसमध्ये १२ दशमलव ६१ प्रतिशत बोनस सेयर र तीन दशमलव ३८ प्रतिशत नगद लाभांश रहेको छ ।

बैंकले गत आर्थिक वर्षमा पाँच अर्ब ११ करोड रुपैयाँबराबरको सञ्चालन मुुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षमा बैंकको खुद नाफा तीन अर्ब ५५ करोड रुपैयाँ रहेको छ । बैकको कुल चुक्ता पँुजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा बैंकको बैंकको निक्षेप गत आर्थिक वर्षको कुल एक खर्ब ६८ अर्बबाट वृद्धि भई एक खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको एक खर्ब ४० अर्बबाट वृद्धि भई एक खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकले हाल सबै क्षेत्रमा गरी ८८ वटा शाखा, एक सय ३१ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५८ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु-याउँदै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि बेस्ट बैंक २०१८ र बेस्ट बैंक २०२१ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्