Techie IT
१२ माघ २०७८, बुधबार

एभरेष्ट बैंक र आईएसओएनबीच सम्झौता


काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका ग्राहकलाई विशेष छुट दिने विषयमा आइएसओएन हेल्थ केयरसँग सम्झौता भएको छ । सम्झौताअनुसार बैंकको खाता भएका ग्राहक र कार्ड होल्डरहरूले आईएसओएन हेल्थ केयरमार्फत भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई, टर्कीसहित अन्य देशमा लिने स्वास्थ्य सेवामा सात प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आईएसओएनका अध्यक्ष विवेक गुप्ताबीच हस्ताक्षर भएको छ । कार्यक्रममा आईएसओएनका अध्यक्ष गुप्ताले यस सम्झौताबाट बैंकका ग्राहकहरू आईएसओएनका माध्यमबाट विभिन्न देशमा लिने स्वास्थ्य सेवामा विशेष छुट लिएर लाभान्वित हुनसक्ने बताएका छन् । उनले आईएसओएनको विश्वका एक हजारभन्दा बढी अस्पताल र २५ सयभन्दा बढी डाक्टरहरूसँग सहकार्य रहेको बताएका थिए ।

हालसम्म करिब १२ लाख ग्राहक संख्या रहेको बैंकले देशैभरि छरिएर रहेका आफ्ना एक सय पाँचवटा शाखा सञ्जाल, प्रादेशिक कार्यालय, एक सय ३८ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्