Techie IT
९ माघ २०७८, आईतबार

सेयर बजारमा १३ अंकले बृद्धि

एक सय ९४ कम्पनीहरुको दुुई अर्ब ५६ करोडको सेयर किनबेच


काठमाडौ, भदौ २४
सेयर बजार परिसुचक उकालो लागेको छ । साताको चौथो कारोवार दिन आज बुधबार बजार परिसुचक १३ दसमलव पाँच अंकले उकालो लागेर १५ सय आठ दसमलव २० अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमालव १९ अंकले उकालो लागेर दुुई सय ९९ दसमलव ६६ अंकमा चढेको छ । आज कुुल एक सय ९४ कम्पनीहरुको कारोवार भएकाछन । जसअनुुसार २९ हजार एक सय २४ पटकको कारोवारमा ५७ लाख ९८ हजार पाँच सय ३२ कित्ता सेयर किनबेच हुुंदा कुुल कारोवार रकम दुुई अर्ब ५६ करोड ३४ लाख १५ हजार एक सय ८६ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । ति मध्ये बाँणिज्य बैंक र बिकास बैंक समुुहको सुचक ओरालो लागेकाछन भने जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, लघुबित्त सहितका १० वटा समुहको सुचक उकालो लागेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्