Techie IT
१२ मंसीर २०७८, आईतबार

सेयर बजार परिसुचक २७ सय ६९ बिन्दुमा


काठमाडौं । सेयर बजार परिसुचक पुन उकालो लागेको छ । अघिल्लो दिन ७८ दसमलव ८२ अंकको उकालो लागेको सेयर बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुधबार पुन १८ दसमलव छ अंकले उकालो लागेर २७ सय ६९ दसमलव १३ बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ४९ अंकले उकालो लागेर पाँच सय १६ दसमलव ५६ बिन्दुमा चढेको छ । आज कुल १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २८ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ७५ हजार छ सय १२ पटकको कारोवारमा एक करोड १५ लाख ९२ हजार दुई सय ३५ कित्ता सेयर किनबेच भएका छन् । सोही आधारम आज कुल छ अर्ब ६१ करोड २६ लाख ४८ हजार आठ सय ४० रुपैयाँको सेयर कारोवार भएको छ ।

आज कारोवार भएका कुल उपसमुहहरु मध्ये चार वटा समुहको सुचक ओरालो लागेका छन् भने आठ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् । लगानी उपसमुहको सुचक भने यसदिन स्थिर रहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्