Techie IT
५ असार २०७८, शनिबार

उकालो लाग्यो सेयर बजार


काठमाडौ, भदौ २३
सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दुुई दिन ओरालो लागेको बजार परिसुचक साताको तेस्रो दिन कारोवार दिन आज मंगलबार सात दसमलव ३५ अंकले उकालो लागेर १४ सय ९५ दसमलव १५ अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ८३ अंकले उकालो लागेर दुुई सय ९९ दसमलव ४७ अंकमा चढेको छ । आज कुुल एक सय ९० कम्पनीहरुको कारोवार भएकाछन ।

जसअनुुसार २३ हजार दुुई सय ९७ वटा कारोवारमा ४१ लाख ८० हजार आठ सय १६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ७९ करोड ८३ लाख ६३ हजार ६३ रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन ।

जसअनुसार दुुई वटा समुहको सुचक ओरालो लागेर बाँकी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुुबित्त लगायतका समुहको सुचक पनि उकालो लागेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्