Techie IT
८ असार २०७८, मंगलबार

शाइन रेसुंगाको १५ प्रतिशत बोनस सूचीकृत


काठमाडौँ, भदौ २२
शाइन रेसुंगा डेभलपमेन्ट बैकको १५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा नियमित कारोबारको लागि सूचीकृत भएको छ । नेप्सेका अनुसार आईतबार बैंकको उक्त अनुपातमा ३९ लाख ३४ हजार तीन सय ५६ दशमलव १९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

पछिल्लो पटक प्रतिकित्ता दुुई सय ४१ रुपैयाँमा सेयर कारोबार भएको बैंकको बजार पुँजीकरण सात अर्ब २६ करोड ९३ लाख ७८ हजार नौ सय १८ रुपैयाँ पुुगेको छ । नेप्सेमा भने बैंकको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको तीन अर्ब एक करोड ६३ लाख ३९ हजार आठ सय रुपैयाँबराबरको तीन करोड एक लाख ६३ हजार तीन सय ९८ कित्ता सेयर सूचीकृत रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्