Techie IT
५ असार २०७८, शनिबार

सेयर बजार स्थिर

शुन्य दसमलव १५ अंकले ओरालो लाग्दा दुुई अर्ब ६३ करोडको कारोवार


काठमाडौ, भदौ १८

सेयर बजार परिसुचक स्थिर देखिएको छ । अघिल्ला दिनहरुमा उच्च अंकले उकालो लागेको बजार परिसुुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार भने शुन्य दसमलव १५ अंकले ओरालो लागेर १५ सय १० दसमलव ४२ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दसमलव चार अंकले उकालो लागेर तीन सय चार दसमलव ७३ अंकमा चढेको छ । आज कुुल एक सय ८६ कम्पनीहरुको सेयर कारोवार भएकाछन । जसअनुुसार ३९ हजार नौ सय पाँच वटा कारोवारमा ९३ लाख दुुई हजार नौ सय ७० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुुई अर्ब ६३ करोड ४८ लाख ८६ हजार दुुई सय ३१ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । जसअनुसार पाँच वटा समुहको सुचक उकालो लागेकाछन भने सात वटा समुहको सुचक उकालो लागेकाछन । यसमध्ये पनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत, टे«डिङ र उत्पादनमुुलक सुचक घटेकाछन भने निर्जिवन बीमा, जीवन बीमा र होटल समुहको सुचक बढेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्