Techie IT
बिहीबार, असोज ८,२०७७

सेयर बजार परिसुचक १४ सय ८४ अंकमा

२२ अंकले बजार उकालो लाग्दा तीन अर्ब ४६ करोडको कारोवार


काठमाडौ, भदौ १५
सेयर बजार परिसुचक उच्च अंकले उकालो लागेको छ । साताको दोस्रो कारोवार दिन आज सोमबार बजार परिसुचक २२ दसमलव ३१ अंकले उकालो लागेर १४ सय ८४ दसमलव ९९ अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव पाँच अंकले उकालो लागेर दुुई सय ९८ दसमलव ३५ अंकमा चढेको छ । आज कुुल एक सय ८९ कम्पनीहरुको सेयर कारोवार भएको छ ।

जसअनुुसार ४० हजार दुुई सय छ वटा कारोवारमा ७७ लाख ६३ हजार ५६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम तीन अर्ब ४६ करोड २५ लाख ८६ हजार एक सय २५ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । जसमध्ये होटल समुहको सुचक सामान्य अंंकले घटेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा सहितका ११ वटा समुहको सुचक उच्च अंकले बढेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्