Techie IT
बिहीबार, कात्तिक ६,२०७७

 एक वर्षलाई पुग्ने वस्तुु तथा सेवा आयात धान्ने विदेशी मुद्रा ‘स्टक’

नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति १४ खर्ब ६७ अर्ब ७९ करोड रुपैयाँ पुुगेको छ ।


काठमाडौं,भदौ १२

कोरोनाको विश्वव्यापी महामारीका कारण आयात र निर्यात दुुवैमा संकुुचन आउँदा विदेशी मुुद्राको सञ्चिति भने बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०७७ असार मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३४ दशमलव नौ प्रतिशतले बढेर २०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड पुगेको छ ।

अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७६ असार मसान्तमा नौ अर्ब ५० करोड रहेकोमा २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा नौ खर्ब दुुई अर्ब ४४ करोड रहेकोमा २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड पुगेको छ । यस अवधिमा नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा एक खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७७ असार मसान्तमा एक खर्ब ७५ अर्ब ७१ करोड पुगेको छ । २०७७ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव आठ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६÷०७७ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४ महिना चार दिनको वस्तु आयात र १२ महिना सात दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा वर्षमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३७ दशमलव दुुई प्रतिशत, एक सय पाँच दशमलव आठ प्रतिशत र ३३ दशमलव एक प्रतिशत रहेका छन् । २०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३० प्रतिशत, ६४ दशमलव नौ प्रतिशत र २९ प्रतिशत रहेका थिए ।

वैदेशिक सम्पत्ति १४ खर्ब ६७ अर्ब
नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति १४ खर्ब ६७ अर्ब ७९ करोड रुपैयाँ पुुगेको छ । यस अवधिमा मुुलुुकको कुुल वैदेशिक दायित्व भने ११ खर्ब ९५ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ ।सोही आधारमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति दुुई खर्ब ७१ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।

२०७६ असारमा यस्तो रकम एक खर्ब ८८ अर्ब ८६ करोड रहेको थियो । यसैगरी अन्तर्राष्ट्रिय बजारमा २०७६ असार मसान्तमा प्रतिब्यारेल अमेरिकी डलर ६५.८७ रहेको कच्चा पेट्रोलियमको मूल्य २०७७ असार मसान्तमा ३३ दशमलव तीन प्रतिशतले घटी प्रतिब्यारेल अमेरिकी डलर ४३.९६ कायम रहेको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७६ असार मसान्तमा प्रतिऔंस सुनको मूल्य अमेरिकी डलर १४०९.८५ रहेकोमा २०७७ असार मसान्तमा २८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १८०४.६० पुगेको छ ।

राष्ट्र बैंकका अनुसार २०७६ असार मसान्तको तुलनामा २०७७ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ नौ दशमलव १५ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्ष नेपाली रुपैयाँ शून्य दशमलव शून्य दुुई प्रतिशतले अवमूल्यन भएको थियो । २०७७ असार मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर एक सय २० रुपैयाँ ३७ पुगेको छ । २०७६ असार मसान्तमा उक्त विनिमय दर एक सय नौ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । (आर्थिक दैनिक बाट)


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्