Techie IT
१० असार २०७८, बिहीबार

प्रिमियर इन्स्योरेन्सले कमायो २८ करोड ९६ लाख


काठमाडौं ।
प्रिमियर इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २८ करोड ९६ लाख २० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १९ करोड चार लाख ५४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब सात करोड ४५ लाख ६० हजार रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ९४ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने दुई सय १० रुपैयाँ २२ पैसा रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्