Techie IT
शनिबार, मंसीर २०,२०७७

अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताको संंख्या ४७ हजार


काठमाडौं, साउन २१
अनलाइनमार्फत सेयर कारोबार गर्ने लगानीकर्ताहरूको कुल संख्या ४७ हजार २६ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार सेयर कारोबार गर्न अनुुमतिप्राप्त ५९ वटा दलाल कम्पनीहरूसँग आबद्ध दुुई लाख ६४ हजार छ सय ३३ लगानीकर्ताहरूमध्ये ४७ हजार लगानीकर्ताहरू अनलाइन कारोबारमा आबद्ध भएका हुुन् ।

नेप्सेका अनुसार अनलाइनमार्फत कारोबार गर्नेगरी सदस्य दलालबाट युजरनेम र पासर्वड लिने लगानीकर्ताहरूको संख्या ४७ हजार पुुगेको हो । सोमध्ये ब्रोकर नम्बर १ को कुमारी सेक्युरिटिज प्रालिअन्तर्गत पाँच हजार सात सय ३४ लगानीकर्ताहरू रहेकोमा चार सय ६५ लगानीकर्ताहरू अनलाइन कारोबारमा आबद्ध भएका छन् । ब्रोकर नम्बर तीनको अरुण सेक्युरिटिज कम्पनीमा पनि कुुल नौ सय ९० सक्रिय लगनाीकर्ताहरू रहेकोमा दुुई सय २१ जना अनलाइन कारोबारमा आबद्ध भएका छन् । यसैगरी ब्रोकर नम्बर ४ को ओपन सेक्युरिटिजमा दुुई हजार सात सय २६ जना सक्रिय लगानीकर्ताहरू रहेकोमा चार सय ९६ जना लगानीकर्ताहरू अनलाइनमा आबद्ध भएका छन् । ब्रोकर नम्बर पाँचको मार्केट सेक्युरिटिज एण्ड एक्सचेन्जमा पनि दुुई हजार चार सय ४४ सक्रिय लगानीकर्ता रहेकोमा चार सय ४२ लगानीकर्ताहरू अनलाइनमा आबद्ध भएका छन् ।

यसैगरी अग्रवाल सेक्युरिटिजमा छ हजार तीन सय ७२ सक्रिय लगानीकर्ताहरू रहेकोमा पाँच सय ७८ अनलाइन जना अनलाइन कारोबारमा आबद्ध रहेका छन् । नेप्सेका अनुसार जेएफ सेक्युरिटिज प्रालिमा पनि तीन सय चार सय ५२ जना सक्रिय लगानीकर्ताहरू रहेकोमा चार सय ६४ जना अनलाइन लगानीकर्ताहरू रहेका छन् । प्रज्ञान सेक्युरिटिजमा पनि चार हजार नौ सय ३४ सक्रिय लगानीकर्ताहरू रहेकोमा तीन सय १० जना अनलाइनमा आबद्ध छन् । यीबाहेक मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनी, नेपाल स्टक हाउस, प्रिमो सेक्युरिटिज, एबीसी सेक्युुरिटिजमा पनि क्रमशः तीन सय १३, नौ सय ३०, पाँच सय ९५ र आठ सय १७ अनलाइन लगानीकर्ताहरू रहेका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्