Techie IT
शनिबार, मंसीर १३,२०७७

धितोपत्र बोर्डद्वारा रिलायन्स लाइफको ६३ करोडको साधारण सेयर स्वीकृत


काठमाडौं, साउन २१
नेपाल धितोपत्र बोर्डले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई ६३ करोड रुपैयाँबराबरको साधारण सेयरको निष्काशन गर्न अनुुमति दिएको छ । बोर्डले उक्त कम्पनीलाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी ६३ कित्ता साधारण सेयर निष्काशन गर्नको लागि अनुुमति दिएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने सानिमा क्यापिटल लिमिटेड रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी दुुई अर्ब १० करोड रुपैयाँ पुुग्नेछ । कम्पनीमा संस्थापक सेयरधनी समूहको ७० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ३० प्रतिशत लगानी रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्