Techie IT
सोमबार, असोज १२,२०७७

राष्ट्रिय बीमा कम्पनीको नाफा घट्यो


काठमाडौं, भदौ ९
राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा ६३ करोड ८५ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ७८ करोड १३ लाख १० हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी भने गत आवको चौथौ त्रैमासमा दुई सय ३९ रुपैयाँ ४९ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने १२ सय १३ रुपैयाँ २५ पैसा रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्