Techie IT
आईतबार, असोज ११,२०७७

बजार परिसुचक १२ दसमलव ७७ अंकले उक्लियो

नौ वटा समुहले कमाउँदा तीन वटा समुहले गुमाए


काठमाडौ, भदौ ७
सेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार बजार परिसुचक १२ दसमलव ७७ अंकले उकालो लागेर १४ सय १० दसमलव ३४ अंकमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव १९ अंकले उकालो लागेर दुुई सय ८९ दसमलव ५५ अंकमा चढेको छ ।

आज कुुल एक सय ८४ कम्पनीहरुको कारोवार भएकाछन । जसअनुसार १६ हजार पाँच सय ७९ वटा कारोवारमा २४ लाख ९८ हजार छ सय ६२ कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम एक अर्ब १० करोड ८० लाख ५३ हजार पाँच सय ९७ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । सो मध्ये टे«डिङ, जलबिद्युत र सामुुहिक लगानी कोष समुहको सुचक ओरालो लागेकाछन भने बाँणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा सहितका नौ वटा समुहको सुचक उकालो लागेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्