Techie IT
बिहीबार, असोज ८,२०७७

ग्लोबल आईएमई बैंकको एटीएम उदयपुर जिल्ला अदालतमा


काठमाडौं, साउन २०
ग्लोबल आईएमई बैंकले उदयपुर जिल्ला अदालत परिसरमा एटीएम सेवा सुरु गरेको छ । यो नयाँ एटीएम सेवा थप भएसँगै बैंकको एटीएम संख्या दुुई सय ३६ पुगेको छ । उक्त एटीएम सेवा उदयपुर जिल्ला अदालतका न्यायाधीशद्वय दिपक खनाल र मनोज केसीले संयुक्तरूपमा उद्घाटन गरेका हुुन् । बैंकले बोक्सेस्थित सरकारी कार्यालयका कर्मचारीहरूका साथै अन्य सर्वसाधारण ग्राहकहरूलाई लक्षित गरी उक्त एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले हाल देशैभरि ७० वटा जिल्लामा दुई सय ५७ वटा शाखा, ३९ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, दुुई सय ३६ वटा एटीएम, दुुई सय एउटा शाखारहित बैंकिङ सेवा र विदेशस्थित तीनवटा सम्पर्क/प्रतिनिधि कार्यालयमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । कोरोनाले त्रसित बनाइरहेको अवस्थामा पनि ग्राहकलाई निरन्तर बैंकिङ सेवा प्रदान गर्न बैंक तत्पर रहेको जानकारी समेत बैंकले दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्