Techie IT
शुक्रबार, मंसीर १९,२०७७

बीमा कम्पनीहरुको नाफा उच्च

नेपाली बीमा क्षेत्रमा १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनीसहित ४० वटाले बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएका छन् ।


काठमाडौं,भदौ ५

कोरोनाले विश्वभर पिरोलेको प्रतिकूल अवस्थामा पनि बीमा कम्पनीहरुले नाफा बढाएका छन् । विश्वमा महामारीको रुप लिएको कोरोना संकटले मुुलुुकको सिंगो वित्तीय प्रणालीमा समस्या उत्पन्न हुुुँदा पनि बीमा कम्पनीहरुले भने नाफा बढाउन सफल भएका हुन् । सरकारले कोभिड १९ को नियन्त्रण तथा तथा रोकथामको लागि चैत ११ गते लकडाउनको घोषणा गरेको थियो । यो बीचमा विभिन्न समयमा लकडाउनको स्वरुप परिवर्तन भएको छ ।

तर यसको बाबजुुद पनि अर्थतन्त्र सहज हुुनसकेको छैन । यो अवस्थामा पनि बीमा कम्पनीहरुले भने आफ्नो नाफालाई बढाउन सफल भएका छन् । कोरोना भाइरसको महामारी फैलिरहँदा यसले बीमाको पहुँच विस्तारमा समेत योगदान दिएको र यसको सकारात्मक प्रभाव नाफामा देखिएको छ । नेपाली बीमा क्षेत्रमा १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनीसहित ४० वटाले बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएका छन् । सोमध्ये हालसम्म ३५ वटा बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा सबैको नाफा बढेको देखिएको छ ।

सोमध्ये सबैभन्दा बढी नाफा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले कमाएको छ । सो कम्पनीले गत आवको चौथो त्रैमासिकमा ६३ करोड ८५ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ७८ करोड १३ लाख १० हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको उक्त कम्पनीको प्रतिसेयर आम्दानी दुई सय ३९ रुपैयाँ ४९ पैसा रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने १२ सय १३ रुपैयाँ २५ पैसा रहेको छ । बढी नाफा कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा परेको छ । सो कम्पनीले गत आवको चौथो त्रैमासिकमा ५३ करोड तीन लाख ७९ हजार सात सय एक रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा ५२ करोड ३२ लाख ५९ हजार एक सय २९ रुपैयाँ खुुद मुनाफा कमाएको थियो । चुक्ता पुँजी पाँच अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ रहेको नेपाल लाइफको प्रतिसेयर आम्दानी नौ रुपैयाँ ६५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ७३ रुपैयाँ ९२ पैसा रहेको छ ।

खुुद मुनाफा आर्जनमा तेस्रो स्थानमा परेको नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमासिक अवधिमा ४४ करोड ८५ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३४ करोड ३६ लाख ७४ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुंजी एक अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ पाँच पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ दुुई सय आठ रुपैयाँ ९६ पैसा रहेको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पनि गत आवको चौथो त्रैमासिकमा ३९ करोड १२ लाख २९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो मुनाफा ३३ करोड ६३ लाख ३८ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी तीन अर्ब आठ करोड २६ लाख २६ हजार रुपैयाँ रहेको नेशनल लाइफको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ३३ रुपैयाँ ६१ पैसा रहेको छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनीले खुद मुनाफा बढाएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिकमा ३५ करोड ३८ लाख ७० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा २४ करोड ५६ लाख २३ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी एक अर्ब सात करोड ४५ लाख ६० हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने एक सय ९८ रुपैयाँ ६८ पैसा रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आवको चौथो त्रैमासिकमा ३० करोड दुुई लाख २० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा २४ करोड ४७ लाख ३४ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी ३० रुपैयाँ दुुई पैसा रहेको छ प्रतिसेयर नेटवर्थ दुई सय २२ रुपैयाँ ३८ पैसा रहेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले पनि गत आवको चौथो त्रैमासिकमा २९ करोड ८५ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा भने ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ खुुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुुँजी दुुई अर्ब २५ करोड ८९ लाख ३२ हजार रुपैयाँ रहेको कम्पनीको गत आवको चौथो त्रैमासिकमा प्रतिसेयर आम्दानी १३ रुपैयाँ २२ पैसा पुुग्दा प्रतिसेयर नेटवर्थ पनि बढेर एक सय ४५ रुपैयाँ ५६ पैसा पुुगेको छ ।

हाल चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पनि गत आवको चौथो त्रैमासिक अवधिमा २० करोड सात लाख १८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १५ करोड ३६ लाख छ हजार रुपैयाँ रहेको थियो ।एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिकमा २० करोड १० लाख ४७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १७ करोड ४२ लाख ९९ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी एक अर्ब ८५ लाख ४२ हजार रुपैयाँ रहेको एनलजीको गत आवको चौथो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ३९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने तीन सय ५७ रुपैयाँ ८० पैसा रहेको छ । यसैगरी एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा १९ करोड ३१ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा चार करोड एक लाख १० हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब नौ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको एभरेष्टले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ५५ रुपैयाँ रहेको छ । मासिक अवधिमा १८ करोड १८ लाख ६३ हजार दुुई सय ८४ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १० करोड १९ लाख २६ हजार नौ सय ७९ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी दुुई अर्ब एक करोड सात लाख ६० हजार सात सय २७ रुपैयाँ रहेको एसियनको गत आवको चौथो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी नौ रुपैयाँ चार पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने एक सय ३० रुपैयाँ २५ पैसा रहेको छ ।

जनरल इन्स्योरेन्स कम्पनीले पनि गत आवको चौथो त्रैमासिकमा पाँच करोड छ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा तीन करोड ६२ लाख रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको जनरलले गत आवको चौथो त्रैमासिकमा सात रुपैयाँ २३ पैसा प्रतिसेयर आम्दानी गरेको छ भने प्रतिसेयर नेटवर्थ भने एक सय १४ रुपैयाँ ६८ पैसा रहेको छ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पनि गत आवको चौथो त्रैमासिकमा चार करोड ३३ लाख ७६ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजी एक अर्ब ४७ करोड रुपैयाँ रहेको रिलायन्सले अघिल्लो आवको सोही अवधिमा दुुई करोड ९२ लाख १९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

यसैगरी यसै महिनामात्र साधारण सेयर जारी गरेको अजोड इन्स्योरेन्स कम्पनीले पनि गत आवको चौथो त्रैमासिकमा छ करोड २० लाख ७४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा चार करोड ११ लाख ९६ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ७१ करोड ५० लाख रुपैयाँ रहेको अजोडको गत अवको चौथो त्रैमासिकमा प्रतिसेयर आम्दानी आठ रुपैयाँ ६८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने एक सय १५ रुपैयाँ ९७ पैसा रहेको छ । यीबाहेक सानिमा जनरल इन्स्योरेन्स कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी, प्रभुु इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्सलगायतका कम्पनीहरुले पनि खुुद मुनाफा अघिल्लो आवको चौथो त्रैमासिकको तुुलनामा बढाएका छन् ।

No description available.

No description available.

(आर्थिक दैनिक बाट)


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्