Techie IT
मंगलबार, मंसीर १६,२०७७

नेपाल फाइनान्सको वार्षिक साधारणसभा


काठमाडौं, साउन २०
नेपाल फाइनान्सले एकै पटक सातवटा आर्थिक वर्षको वार्षिक साधारणसभाको आह्वान गरेको छ । फाइनान्सले यही भदौ ११ गते एकै पटक २०औं, २१औं, २२औं, २३औं, २४औं, २५औं र २६औं वार्षिक साधारणसभाको आह्वान गरेको हो । फाइनान्सले उक्त सभामार्फत आर्थिक वर्ष २०६८, ०६९ देखि आर्थिक वर्ष २०७५, ०७६ सम्मको वित्तीय विवरण पारित गर्नेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि फाइनान्सको यही साउन २५ गतेदेखि भदौ दुुई गतेसम्मको लागि सेयर दाखिला तथा खारेजी बन्द हुुनेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्