Techie IT
शनिबार, असोज १०,२०७७

ज्योति विकास बैंकका ग्राहकलाई सूर्या हेल्थ केयरमा २० प्रतिशत छुट


काठमाडौं, भदौ ३
ज्योति विकास बैंक र सूर्या हेल्थकेयरबीच बैंकका ग्राहकवर्गहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सो सम्झौताअन्तर्गत ज्योति विकास बैंकको डेबिट कार्ड भएका ग्राहकहरूले सूर्या हेल्थ केयरको सम्पूर्ण प्याथोलोजी सेवामा २० प्रतिशत छुट पाउनेछन् । सम्झौतापत्रमा ज्योतिका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा सूर्या हेल्थ केयरका तर्फबाट संस्थाका ल्याब मेनेजर प्रमोदकुमार यादवले हस्ताक्षर गरेका छन् । काठमाडौँंको लाजिम्पाटस्थित सूर्या हेल्थकेयरमा ज्योति विकास बैंकका ग्राहकले प्याथोलोजी सेवामा बैंकको डेबिट कार्ड प्रस्तुत गर्नेबित्तिकै थप २० प्रतिशत छुट पाउनेछन् ।

बैंकका देशभर रहेका ग्राहकवर्गले सूर्या हेल्थकेयरमा सो छुट सेवाको लाभ लिन सक्नेछन् । हाल बैंकले सबै क्षेत्रमा गरी एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले तीन लाखभन्दा बढी खाताबाट करिब ३७ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३१ अर्ब लगानी गरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्