Techie IT
१० कात्तिक २०७८, बुधबार

सेयर बजारमा करेक्सन

आठ दसमलव ३४ अंकले बढ्दा कारोवार रकम सात अर्ब नाघ्यो


काठमाडौँ ।
सेयर बजार परिसुचक उकालो लागेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार बजार परिसुचक आठ दसमलव ३४ अंकले उकालो लागेर २४ सय ७५ दसमलव २६ अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ६८ अंकले उकालो लागेर चार सय ५४ दसमलव दुुई अंकमा चढेको छ ।

आज १२ वटा उपसमुह अन्र्तगत दुुई सय एक वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन । जसबाट ७२ हजार एक सय ६९ पटकको कारोवारमा एक करोड ८७ लाख १९ हजार तीन सय ८७ कित्ता सेयर खरिद बिक्री भएकाछन ।

उक्त परिमाणमा सेयर किनबेच हुंदा कारोवार रकम सात अर्ब ६१ करोड ५० लाख ७१ हजार ९३ रुपैयाँ पुुगेको छ ।आज कारोवार भएका कुुल उपसमुह मध्ये छ वटा उपसमुहको सुचक ओरालो लागेकाछन छ वटा समुहको सुचक उकालो लागेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्