Techie IT
शुक्रबार, मंसीर १९,२०७७

सेयर बजारमा करेक्सन

१० अंकले बजार बढ्दा एक अर्ब सात करोडको सेयर किनबेच


काठमाडौ, भदौ १
सेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन १७ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार भने १० दसमलव ७५ अंकले उकालो लागेर १४ सय दुुई दसमलव २१ अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज एक दसमलव १४ अंकले उकालो लागेर दुुई सय ९० अंकमा चढेको छ । यसदिन एक सय ८४ कम्पनीहरुको कारोवार भएकाछन । जसअनुसार १६ हजार सात सय २४ वटा कारोवारमा ३५ लाख ९१ हजार ४८ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम एक अर्ब सात करोड ४९ लाख ३२ हजार पाँच सय ९७ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन १२ वटा समुहको कारोवार भएकाछन । जसमध्ये जलबिद्युुत समुहको सुचक एक दसमलव ४७ अंकले ओरालो लागेर नौ सय ४८ दसमलव १५ अंकमा झरेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा सहितका ११ वटा समुहको सुचक उकालो लागेकाछन । आज नेपाल बैंकको सबै भन्दा बढी रकम कारोवार भएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्