Techie IT
बिहीबार, असोज १५,२०७७

कृषि विकास बैंकको नाफा तीन अर्ब ४६ करोड ८० लाख


काठमाडौं, भदौ १
कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा तीन अर्ब ४६ करोड ८० लाख ३१ हजार आठ सय ७६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा चार अर्ब १९ करोड १५ लाख ९० हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १४ अर्ब ९८ करोड ९१ लाख १७ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा एक खर्ब ४३ अर्ब ६४ करोड ८२ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २३ अर्ब पाँच करोड २२ लाख ८४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ अर्ब २३ करोड ५७ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव सात प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

यस अवधिमा चार दशमलव ४४ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा एक अर्ब ६६ करोड ५३ लाख ९५ हजार नौ सय सात रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले एक खर्ब १८ अर्ब ८८ करोड ४९ लाख २२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब आठ अर्ब ८० करोड ६६ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात अर्ब ६१ करोड ४९ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव २९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ६८ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्