Techie IT
सोमबार, फागुन २४,२०७७

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा दुुई अर्ब ४५ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने

आज तीन अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल


काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा दुई अर्ब ४५ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार पेन्सन तथा उपदान कोषमा रहेको रकम एक वर्षीय अर्थात् तीन सय ६६ दिने मुुद्दती निक्षेपको रुपमा २०७७ फागुन २ गतेदेखि वि.सं. २०७८ फागुुन २ गतेसम्मको लागि राख्न लागिएको हो ।

यसरी मुुद्दती निक्षेपको रुपमा राखिने कुुल रकममध्ये वाणिज्य बैंकहरुको लागि एक अर्ब ९६ करोड, राष्ट्रियस्तरका विकास बैंकहरुको लागि ३६ करोड ७५ लाख र फाइनान्स कम्पनीहरुको लागि १२ करोड २५ लाख रुपैयाँ छुुट्याइएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहने इच्छुुक तथा फाइनान्स कम्पनीहरुले यही माघ १४ गते अपराह्न ३ बजेसम्म नेपाल राष्ट्र बैंकमा आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्नेछ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।

यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा (व्यवस्थापछि) मा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुुुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।

आज तीन अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल
नेपाल राष्ट्र बैंकले आज सोमबार तीन अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा टे«जरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति माघ १३ गते तोकिएको टे«जरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् ।

राष्ट्र बैंकका अनुसार ९१ दिने अवधिको उक्त टे«जरीको परिपक्व हुुने अवधि २०७८ वैशाख १४ गते तोकिएको छ । यसअघि यही माघ ५ गते पनि राष्ट्र बैंकले २० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । बिक्री गरिने कुुल टे«जरीमध्ये पुरानो नवीकरणअन्तर्गतको १० करोड रुपैयाँ रहेको छ भने नयाँ अर्थात् फ्रेस तीन अर्ब ५० करोड रुपैयाँको रहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार



तपाईको कमेन्ट लेख्नुहोस्