Techie IT
शुक्रबार, कात्तिक १४,२०७७

पहिलो दिन नै ओरालो सेयर बजार

१७ अंंकले बजार घट्दा एक अर्ब २५ करोडको सेयर किनबेच


काठमाडौ, साउन ३२
साताको पहिलो कारोवार दिन आज आईतबार नै बजार परिसुचक ओरालो लागेको छ । आज बजार परिसुचक १७ दसमलव ३३ अंकले ओरालो लागेर १३ सय ९१ दसमलव ४६ अंकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ९८ अंकले ओरालो लागेर दुुई सय ८८ दसमलव ८६ अंकमा झरेको छ ।

आज कुुल एक सय ८५ कम्पनीहरुको कारोवार भएकाछन । जसबाट २१ हजार छ सय नौ वटा कारोवारमा ४३ लाख ७१ हजार आठ सय ५४ कित्ता सेयर खरिद बिक्री हुुंदा कारोवार रकम एक अर्ब २५ करोड ९३ लाख २० हजार आठ सय ५० रुपैयाँ पुुगेको छ । धितोपत्र बजारमा आज १२ वटा समुहको कारोवार भएकोमा टे«डिङ बाहेक सबै समुहको सुचक घटेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्