सेयर बजार परिसुचक २२ सय ६७ अंकमा
२८ अंकले बजार उकालो लाग्दा चार अर्ब ९८ करोडको कारोवार

काठमाडौ।
सेयर बजार परिसुचक पुुन उकालो लागेको छ । अघिल्लो दिन तीन दसमलव सात अंकले उकालो लागेको बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार २८ दसमलव ३१ अंकले उकालो लागेर २२ सय ६७ दसमलव ७३ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ८९ अंकले उकालो लागेर चार सय ३३ दसमलव २८ अंकमा चढेको छ । आज १२ वटा उपसमुह अन्र्तगतका दुुई सय दुुई वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन । जसबाट ४५ हजार पाँच सय ६९ पटकको कारोवारमा एक करोड ३५ लाख ३१ हजार दुुई सय २७ कित्ता सेयर किनबेच भएकाछन । उक्त परिमाणमा सेयर किनबेच हुुंदा कुुल कारोवार रकम चार अर्ब ९८ करोड २३ लाख ९१ हजार आठ सय ९७ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुह मध्ये टे«डिङ उपसमुहको सुचक घटेकाछन भने बाँणिज्य बैक, बिकास बैक, निर्जिवन बीमा, जीवन बीमा सहितका ११ वटा उपसमुहका सुचकहरु उच्च अंकले बढेकाछन ।
क्याटेगोरी : वित्त पूँजी बजार
तपाईको कमेन्ट लेख्नुहोस्