Techie IT
शनिबार, असोज १०,२०७७

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा शर्मा


काठमाडौं, साउन १९
मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम शर्मालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको जानकारी दिएको छ ।

शर्मासँग नेपाल सरकारको उच्चपदमा रही विभिन्न मन्त्रालयअन्तर्गत करिब ३९ वर्ष कार्य गरी सकेको अनुभव रहेको छ । व्यवस्थापन विज्ञको रुपमा समेत परिचित शर्माले विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् ।

उनले लिभरपुल विश्वविद्यालय, बेलायतबाट तथा त्रिभुवन विश्वविद्यालयबाट पब्लिक एडमिनिस्ट्रेसन विषयमा स्नातकोत्तर तह, त्रिभुवन विश्वविद्यालयबाट बिजनेश एडमिस्टे«सन विषयमा स्नातकोत्तर तह र सर्रे विश्वविद्यालय, बेलायतबाट, टुरिजम म्यानेजमेन्ट विषयम अध्ययन गरेका छन् ।

बैंकले हाल ४२ जिल्लामा एक सय ३७ वटा शाखाहरुमार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङलगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्