Techie IT
८ असार २०७८, मंगलबार

उकालो लाग्यो सेयर बजार

आठ अंकले बढ्दा चार अर्ब १४ करोडको सेयर किनबेच


काठमाडौँ ।
सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ३९ दसमलव छ अंकले ओरालो लागेको बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार आठ दसमलव २७ अंकले उकालो लागेर १९ सय ६४ दसमलव दुुई अंकमा पुुगेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव ३२ अंकले उकालो लागेर तीन सय ७४ दसमलव दुुई अंकमा पुुगेको छ । आज १२ वटा उपसमुह अन्र्तगतका दुुई सय चार वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन ।

जसबाट ३९ हजार चार सय १० पटकको कारोवारमा ९८ लाख ८३ हजार एक सय ९७ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम भने चार अर्ब १४ करोड ६३ लाख २१ हजार ५० रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका उपसमुह मध्ये दुुई वटा उप समुहको सुचक ओरालो लागेर १० वटाको उकालो लागेकाछन । ति मध्येपनि बिकास बैक र जलबिद्युुत समुहको सुचक घटेकाछन भने बाँणिज्य बैंक, टे«डिङ, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त र सामुुहिक लगानी कोष समुहको सुचकहरु बढेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्