Techie IT
सोमबार, असोज १२,२०७७

बजार परिसुचक १४ सय २५ अंकमा


काठमाडौ, साउन २८
सेयर बजार परिसुचक सामान्य अंकले उकालो लागेको छ । अघिल्लो दिन छ अंकले ओरालो लागेको बजार परिसुचक साताको चौथो दिन आज बुुधबार एक दसमलव ५१ अंकले उकालो लागेर १४ सय २५ दसमलव ३२ अंकमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव शुन्य दुुई अंकले उकालो लागेर दुुई सय ९७ दसमलव २९ अंकमा चढेको छ । आज कुुल एक सय ८८ कम्पनीहरुको सेयर कारोवार भएकछाछन । जसअनुुसार २० हजार सात सय १९ वटा कारोवारमा ३० लाख ३२ हजार तीन सय ११ कित्ता सेयर खरिद बिक्री भएकाछन ।

उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकमम ९५ करोड १९ लाख ६० हजार दुई सय आठ रुपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएको छ । जसअनुुसार छ वटा समुहको सुचक उकालो लागेर छ वटा समुहको सुचक ओरालो लागेकाछन । ति मध्ये बाँणिज्य बैंक, होटल, निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक बढेकाछन भने जलबिद्युुत, फाईनान्स लगायतका समुहको सुचक घटेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्