Techie IT
२६ वैशाख २०७८, आईतबार

सेयर बजार परिसुचक १६ सय ७८ अंकमा

२५ अंकले बढ्दा चार अर्ब भन्दा बढीको सेयर खरिद बिक्री


काठमाडौ।

सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन चार दसमलव २२ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार भने २५ दसमलव ९८ अंकले उकालो लागेर १६ सय ७८ दसमलव ७९ अंकमा पुगेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव छ अंकले उकालो लागेर तीन सय ३० दसमलव ३९ अंकमा चढेको छ । आज कुुल एक सय ९६ वटा कम्पनीहरुको कारोवार भएकाछन । जसबाट ३८ हजार छ सय ३४ पटक कारोवार हुंदा ९६ लाख ५७ हजार छ सय ७७ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कुुल कारोवार रकम चार अर्ब नौ करोड ६१ लाख ९० हजार दुुई सय ५६ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । सो मध्ये दुुई वटा समुहको सुचक ओरालो लागेकाछन भने बाँकी १० वटा समुहको सुचक उकालो लागेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्