Techie IT
२६ वैशाख २०७८, आईतबार

बजार परिसुचक १६ सय ५२ अंकमा

एक सय सय ९५ वटा कम्पनीहरुको तीन अर्ब ६९ करोडको कारोवार


काठमाडौं ।
सेयर बजार परिसुचक पुुन उकालो लागेको छ । साताको दोस्रो कारोवार दिन आज सोमबार बजार परिसुचक चार दसमलव २२ अंकले बढेर १६ सय ५२ दसमलव ८० अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव ६१ अंकले घटेर तीन सय २५ दसमलव ३३ अंकमा झरेको छ ।

आज कुुल एक सय ९५ कम्पनीहरुको सेयर कारोवार भएकाछन । जसबाट ४१ हजार ४९ पटकको कारोवारमा एक करोड ३५ हजार तीन सय १३ कित्ता सेयर खरिद बिक्री हुंदा तीन अर्ब ६९ करोड ९८ लाख ७९ हजार सय २६ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । जसमध्ये छ वटा समुहको सुचक उकालो लागेकाछन भने छ वटा समुहको सुचक ओरालो लागेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्