Techie IT
२ जेठ २०७८, आईतबार

बजार परिसुचक १६ सय ४८ अंकमा

एक दिन तीन अर्ब ५२ करोड भन्दा बढीको सेयर किनबेच


काठमाडौं ।
सेयर बजार परिसुचक सकारात्मक दिशामा गएको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नै बजार परिसुचक १२ दसमलव ४९ अंंकले उकालो लागेर १६ सय ४८ दसमलव ५८ अंकमा चढेको छ ।

आज क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ५७ अंकले उकालो लागेर तीन सय २५ दसमलव ९४ अंकमा चढेको छ । आज कुुल एक सय ९८ वटा कम्पनीहरुको ४१ हजार सात सय ६७ पटक सेयर किनबेच भएको छ ।

यसबाट एक करोड आठ लाख ६३ हजार चार सय ५६ कित्ता सेयर खरिद बिक्री हुंदा तनि अर्ब ५२ करोड ६७ लाख ७७ हजार दुुई सय ६१ रुपैयाँको कारोवार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । सो मध्ये बाँणिज्य बैंक र बिकास बैंक समुहको सुचक घटेकाछन भने जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, सहितका १० वटा समुहको सुचक बढेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्