Techie IT
शनिबार, मंसीर १३,२०७७

बजार परिसुचक १६ सय ४५ अंकमा

एक दसमलव ७८ अंकले घट्दा तीन अर्बको सेयर किनबेच


काठमाडौं।
सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ४१ अंकले उकालो लागेको बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार एक दसमलव ७८ अंकले ओरालो लागेर १६ सय ४५ दसमलव ६७ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दसमलव २७ अंकले उकालो लागेर तीन सय २८ दसमलव चार अंंकमा चढेको छ । एक सय ९२ वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन ।

जसबाट ४१ हजार नौ सय नौ पटकको कारोवारमा एक करोड तीन लाख ६५ हजार छ सय सात कित्ता सेयर खरिद बिक्री भएकाछन भने कुुल सेयर कारोवार रकम तीन अर्ब तीन करोड ७६ लाख ९४ हजार आठ सय ४५ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा १२ वटा समुहको कारोवार भएकाछन । ति मध्ये बाँणिज्य बैंक, बिकास बैंक, होटल, फाईनान्स, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक ओरालो लागेकाछन भने निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, जलबिद्युुत, अन्य र लघुुबित्त समुहको सुचक उकालो लागेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्